खाेज्नुहाेस

कक्षा १२ को परीक्षाफल नतिजा सार्वजनिक

Image

काठमाडौं  – राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

navjiwan hospital

बोर्डका अनुसार वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १ सय ७० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ६८ हजार १ सय ९० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जुन कुल सहभागीको ६९.१३ प्रतिशत हो।

attariya hospital

नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ परीक्षार्थी सहभागी भएकामध्ये २ लाख ३१ हजार ७ सय ७० जनाले ग्रेड प्राप्त गरेका छन्। यो ६९.७५ प्रतिशत हो। यस्तै, आंशिकतर्फ ८५ हजार ९ सय २९ परीक्षार्थीमध्ये ३६ हजार ४ सय २० जना उत्तीर्ण भएका छन्, जुन ४२.३८ प्रतिशत हो।

बोर्डले ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको जनाएको छ। नतिजा बोर्डको वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।