खाेज्नुहाेस

कैलाली र बैतडीबाट भन्सार छलिका सामान बरामद

Image

अत्तरिया – कैलाली र बैतडीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलि गरेर भारतबाट ल्याइएका सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ चेतन होटल नजिक, वडा नं. १३ बैजनाथ मन्दिर नजिक तथा बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य ७३ हजार ५ सय ४४ बराबरका क्रिम, पाउडर, तेल, साबुन, विभिन्न किसिमका औषधि तथा किराना सामग्री बुधबार प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।

navjiwan hospital

त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर घाटबाट भारतबाट भन्सार छलि गरी ल्याइएको अन्दाजी मूल्य २१ हजार बराबरको सिद्रा माछा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले बुधबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

attariya hospital

उता बैतडीको दशरथचन्द नगरपालिका–२ सुँगरखाली क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य १ लाख ४४ हजार बराबरका ३६० बण्डल पनिहारिन बिँडी पनि प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले उक्त सामग्री बुधबार बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय झुलाघाट, बैतडीमा बुझाएको जनाएको छ ।