अत्तरिया – आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘प्रोजेक्ट शिक्षा’ अन्तर्गत छात्रवृत्ति आवेदन खुला गरिएको छ । सावर एक्सन नेपाल, रुटिन अफ नेपाल बन्द तथा एचकेले १०० ग्रुप, रोनब र एनसेल फाउन्डेसनको साझेदारीमा दारी क्लब यूएसएको सहयोगमा सञ्चालन गरेको उक्त कार्यक्रममा १५० जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
आयोजकका अनुसार एसइई उत्तीर्ण गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । आवेदन फारम अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । आवेदन दिने अन्तिम मिति २०८३ साल जेठ १३ गते तोकिएको छ । कार्यक्रममार्फत आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


प्रोजेक्ट शिक्षाले ९ वर्ष देखि आर्थिक रूपमा विपन्न र पढाइमा अब्बल विद्यार्थीलाई प्लस टु मा निःशुल्क पढाउँदै आएको छ । जसमा विद्यार्थीहरुलाइ खाने बस्ने सुविधा सहित पढाउने गरिन्छ । प्रोजेक्ट शिक्षामा छात्रवृत्तिका लागि देशका विभिन्न ठाउँमा इन्ट्रान्स परीक्षा संचालन हुने गरेको छ ।
सुदूरपश्चिमका लागि प्रोजेक्ट शिक्षाका संयोजक जय बहादुर धामीले प्रोजेक्ट शिक्षाका लागि सुदूरपश्चिमबाट आवेदन भरेकाहरुका लागि सुदूरपश्चिममै इन्ट्रान्स परीक्षा संचालन हुने बताए । उनले छनोट भएका विद्यार्थीले निःशुल्क रूपमा काठमाडौँ बसेर पढ्न पाउने बताए ।
थप जानकारीका लागि ९७०२००५८१७, ९८६००९८२६६, ९७०–२९७२९७३ र ९८१८३७८६४२ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
















