अछाम – अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न मतगणनाअनुसार ९ हजार ५१८ मत ल्याउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठल नेता बालेन शाहका सारथी भुपदेव शाह पराजित हुन पुगेका छन् । उनले ४ हजार ५६२ मत मात्रै ल्याए । देशभर रास्वपाका उम्मेदवार निर्वाचित भइरहँदा उनी भने पराजित हुन पुगेका हुन् । बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भुपदेव स्वकीय सचिव थिए ।

















