अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा ९ सय मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । क्षेत्र नम्बर ४ अन्तरगत गोदावरी नगरपालिका – १ को मतगणना गर्दा रास्वपा (घण्टी) ले ५०१ मत ल्याएको हो । रास्वपाबाट खेम राज कोइराला उम्मेदवार रहेका छन् ।

दोस्रोमा रहेको नेपाली कांग्रेस (रुख) ले १६२ मत ल्याएको छ । तेस्रोमा रहेको राप्रपा (हलो) ले ४४ मत पाएको छ ।

स्वतन्त्र उम्मेदवार छत्र भट्ट ३३ मत सहित चौथो स्थानमा छन् । नेकपा एमालेका उपमहासचिव समेत रहेका लेखराज भट्ट भने पाँचौँ स्थानमा छन् । उनले ३० मत पाएका छन् ।
यस्तै श्रम संस्कृति (माटो) ले १८, नेकपा (तारा) ले १३ र नाउपा नेपाल (चकिया) ले ७ मत पाएका छन् ।


















