अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ । बैठक बसेपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले बताए ।

कैलाली क्षेत्र नम्बर ४ मा ५४.७४ प्रतिशत मतदान भएको थियो । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेको हो ।



















