अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ को मतगणना भोलि (शुक्रबार) बिहान देखि सुरु हुने भएको छ ।

कैलाली क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत हरि प्रसाद आचार्यका अनुसार अझै मतपेटिका पुग्न बाकि रहेकाले भोलि बिहान सर्वदलिय बैठक बसेर मात्रै मतगणना सुरु हुने बताए । उनले चुुरे गाउँपालिका र मोहन्यालको मतपेटि पुग्न बाकि रहेको बताए ।

कैलाली क्षेत्र नम्बर ४ मा ५४.७४ प्रतिशत मत खसेको छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेको हो ।


















