खाेज्नुहाेस

कैलाली ४ को प्रारम्भिक विवरण अनुसार करिब ५१ प्रतिशत मतदान

Image
अत्तरिया – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा करिब ५१ प्रतिशत मतदान भएको छ ।
attariya hospital
कैलाली क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत हरि प्रसाद आचार्यका अनुसार ५०.७६ प्रतिशत मतदान भएको विवरण सङ्कलन भएको छ ।
navjiwan hospital
उनले विकट ठाउँमा सम्पूर्ण विवरण आउन बाँकी रहेकाले ५ देखि ७ प्रतिशत मतदान बढ्न सक्ने बताए ।
उनले कैलाली ४ मा कुल  १ लाख १५ हजार १४३ मतदाता रहेकोमा ५८ हजार ४४९ जनाले मतदान गरेको विवरण सङ्कलन गरिएको बताए ।
जसमा २६ हजार ९१ पुरुष र ३२ हजार ३५८ महिला रहेका छन् ।