अत्तरिया – कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका ६ संगठित सदस्य नेकपा एमाले परित्याग गरेर नेपाली कांग्रेस परिवेश गरेका छन । गोदावरीका २ र र चुरेका ४ जना एमालेका संगठित सदस्य कांग्रेसमा प्रवेश गरेका हुन ।
चुरे गाउँपालिका–३, बसर निवासी नेकपा एमालेका संगठित सदस्यहरू नरुदेवी कामी, देवराज धामी र चक्रबहादुर सिंह पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरूलाई कैलाली क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार आनन्द बिष्टले टीका तथा खादा लगाएर स्वागत गरेका छन ।

यस्तै गोदावरी नगरपालिका –१०, सिमडी निवासी नेकपा एमालेका संगठित सदस्यहरू डबल विक र जोगी बिकले पार्टी परित्याग गर्दै पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
केही दिनअघि मात्रै नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका उनीहरू फेरि एमाले परित्याग गर्दै कांग्रेसमा फर्किएका हुन् । उनीहरूलाई कैलाली नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री टेकबहादुर रैका र महाधिवेशन प्रतिनिधि भीमबहादुर बलायरले टीका तथा खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेताहरूले पार्टीभित्र विचार, नीति र संगठन सुदृढीकरणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका थिए ।
यस्तै चुरे गाउँपालिका–१, दिगडा निवासी नेकपा एमालेका संगठित सदस्य नरबहादुर साउँद पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको डुब्केखालीमा आयोजित चुनावी सभामा साउँदलाई कैलाली क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार आनन्द बिष्टले टीका तथा खादा लगाएर स्वागत गरेका थिए । नवप्रवेशी साउँदले कांग्रेसको विचार र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।


















