अत्तरिया – चुनाव प्रचार प्रसारको अन्तिम दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्तरिया बजारमा होली विशेष कार्यक्रम आयोजना गरेको छ ।

सोमबार कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा पार्टीका उम्मेदवार खेम राज कोइराला सहितको सहभागितामा रास्वपाले बजारमा होली विशेष कार्यक्रम आयोजना गरेको हो ।

सो क्रममा रास्वपाले पञ्चेबाजा सहित अत्तरिया बजार परिक्रमा गरेर होलीको रङ्ग लगाउँदै एक अर्कामा होलीको शुभकामना साटासाट गरेका थिए ।


















