अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले रोड सो गरेको छ । आइतबार मूल निर्वाचन प्रचार प्रसार समितिले क्षेत्र नम्बर ४ मा रोड सो गरेको हो ।

प्रतिनिधि सभा उम्मेदवार गोरख बहादुर विष्ट सहितको सहभागितामा भएको रोड सो अत्तरिया हुँदै मसुरीया बजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार विष्टले कैलाली क्षेत्र नम्बर ४ मा गर्व गर्ने सांसद बन्ने बताए । उनले आफूले लामो समयको राजनीतिक अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेको कामको अनुभवबाट यस क्षेत्रको विकासमा योगदान दिने बताए ।

उनले आफूले निर्वाचन जितेपछि जेन जीको भावना अनुसार काम गर्ने बताए । उनले यस क्षेत्रको मुख्य समस्याका रूपमा रहेको बेरोजगारीको समस्या हल गर्ने गरी काम गर्ने बताए ।
उनले यस क्षेत्रका शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी लगाएका समस्या पनि आफूले टिपोट गरेको बताउँदै ती समस्या समाधानका लागि आफूले काम गर्ने बताए । उनले आफू प्रतिनिधि सभामा गएपछि वडा, नगरपालिका, प्रदेशका जनप्रतिनिधि सँग समन्वयन गरेर अगाडि बढ्ने बताए ।




















