खाेज्नुहाेस

गौरीगंगा– ३ झिलका १० जना युवा कांग्रेसमा प्रवेश

Image

अत्तरिया– कैलालीको गौरीगंगा नगरपालिका– ३ झिलका १० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । शुक्रबार झिल वासुदेवमा आयोजित विशेष कार्यक्रममा १० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

navjiwan hospital

प्रवेश गर्नेहरुमा खेम थापा, जनक सिंह, विकाश साउँद, राम साउँद, सुरेश साउँद, नवीन साउँद, सुदन साउँद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशी रहेका छन् । उनिहरुलाई कैलाली निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले अबिर र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन ।

attariya hospital

जेन जी युवाहरुलाई पार्टीमा प्रवेश गराएपछि उम्मेदवार बिष्टले युवाहरूको सहभागिता देखेर आफू खुसी भएको बताए । उनले युवाहरुको सक्रिय सहभागिताले नै लोकतान्त्रिक पद्धतिलाई सही दिशा दिन सकिने विस्वास व्यक्त गरे । नवप्रवेशी युवाहरूले शिक्षा, रोजगारी, पूर्वाधार र पारदर्शी नेतृत्वका स्पष्ट एजेन्डाका कारण आफूहरू कांग्रेसमा आबद्ध भएको बताएका थिए ।

त्यसअघि बिहिबार गोदावरी नगरपालिका– ११ मा एक जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । वडा नं. ११ मा भाटुलीमाडु मन्दिर क्षेत्रमा आयोजित कांग्रेसको वडा भेलामा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित वडा सदस्य खन्टे बुढा कांग्रेसमा प्रवेश गरेका हुन । उनलाई पनि उम्मेदवार बिष्टले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।