खाेज्नुहाेस

रास्वपा बैतडीले भन्यो ‘कायरतापूर्ण आक्रमणको छानबिन होस्’

Image

बैतडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीले दिलासैनी गाउँपालिका–७ मलासलेक क्षेत्रमा चुनाव प्रचारका क्रममा आफ्ना नेता तथा कार्यकर्तामाथि भएको कायरतापूर्ण आक्रमणको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

navjiwan hospital

पार्टीको जिल्ला समिति कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मोटरसाइकलमा सवार रास्वपा दिलासैनी–७ का सभापति लाल सिंह धामी र सदस्य लोकेन्द्र धामीमाथि दर्जनौँको संख्यामा आएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) (एमाले) कार्यकर्ताबाट आक्रमण भएको आरोप लगाइएको छ। घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घाइते नेताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

attariya hospital

विज्ञप्तिमा शान्तिपूर्ण चुनाव प्रचारमाथि भएको आक्रमण लोकतन्त्रमाथिको सिधा प्रहार भएको उल्लेख गरिएको छ। विचारसँग प्रतिस्पर्धा गर्न नसक्नेहरूले हिंसाको बाटो रोज्नु लोकतान्त्रिक मूल्य–मान्यताको पराजय भएको पार्टीको ठहर छ। दोषीमाथि तत्काल कारबाही नभए कानुनी तथा राजनीतिक संघर्षका सबै उपाय अपनाउन बाध्य हुने चेतावनी समेत रास्वपाले दिएको छ।