खाेज्नुहाेस

कञ्चनपुर १ मा प्रलोपाका उम्मेदवार नेकपामा प्रवेश

Image

कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

navjiwan hospital

शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता–कार्यकर्ता पनि नेकपामा समाहित भएका छन्। शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए।

attariya hospital

गत १० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले त्यसको तीन दिनपछि नै पार्टी परित्याग गरी नेकपा रोजेका हुन्।

नेकपामा प्रवेशपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले क्षेत्रबाट उम्मेदवार रहेकी महिला नेतृ विना मगर लाई विजयी गराउने अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।