बैतडी – बैतडीको डिलासैनीमा एमाले कार्यकर्तामाथि कुटपिट गरेकाे अभियाेगमा रास्वपाका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।
हिजो साँझ ५ बजेतिर डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रम सकेर फर्किने क्रममा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामीमाथि कुटपिट भएको थियोे ।


कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूकाे नाम भने खुलाइएकाे छैन् ।घाइते दुवै जनाकाे अस्पतालमा उपचार भइरहेको छ ।
एमालेले आक्रमणममा संलग्नहरूलाई कानुनबमोजिम कारवाहीकाे माग गरेकाे छ ।

















