अत्तरिया- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरख बहादुर बिस्ट (आनन्द) ले घरदैलो भेटघाट लाई तिब्रता दिएका छन । निर्वाचनको मिति नजिकिँदै जाँदा उनले गोदावरी नगरपालिकामा घरदैलो भेटघाटलाइ तिब्रता दिएका हुन ।

बुधवार बिस्टले नगरका ४ वटा वडाका स्थानियसँग भेटघाट गरेका छन । वडा नम्बर १ बाट सुरु भएको बिस्टको भेटघाट कार्यक्रम वडा नम्बर २, ३ र ५ सम्म पुगेको थियो । वडा नम्बर ४ का मतदाता सँग भेटघाट गर्ने योजना रहेपनी समय अभावका कारण जान नसकिएको बिस्टले बताए ।

निर्वाचनको मिति नजिकिदै जाँदा स्थानिय मतदातासँग प्रत्यकह भेटघाट गरि उनिहरुका समस्या सुनिरहेको उनले बताए । उनले आफू काम गर्नकै लागि निर्वाचनमा होमिएकाले एक पटक काम गर्ने अवसर दिन मतदातालाइ आग्रह गरे । बिस्टलाइ घरदैलोका क्रममा विभिन्न क्षेत्रमा स्थानियहरुले स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।



















