खाेज्नुहाेस

संघियता खारेज गरे स्वास्थ्य र शिक्षा निःशुल्क दिन सकिन्छ : उम्मेदवार भट्ट

Image

अत्तरिया – राष्ट्रिय जनमोर्चाका उम्मेदवार हेम राज भट्टले सङ्घीय खारेज गर्नुपर्ने बताएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले प्रदेश संरचना खारेज गर्न सके स्वास्थ्य र शिक्षा निःशुल्क दिन सकिने बताए ।

attariya hospital
navjiwan hospital

उनले अहिलेको ढङ्गले चुनावमा जाने हो भने देशको विकास गर्न नसकिने बताए ।

उनले सुदूरपश्चिमको मेरुदण्ड पश्चिम सेती रहेको बताए । उनले कैलाली क्षेत्र नम्बर ४ का समस्या अत्तरिया बजार क्षेत्रका मात्रै नभएर सबै क्षेत्रका जनताका लागि हुनुपर्ने बताए । उनले देशको सीमा नाका, लिम्पियाधुरा, लिपुलेक, एमसिसी खारेजी आफ्नो एजेन्डा रहेको बताए ।

भिडियो