खाेज्नुहाेस

टेक्निकल र गुणस्तरीय शिक्षामा जोड दिन्छु : उम्मेदवार कुँवर

Image

अत्तरिया – उज्यालो नेपाल पार्टीबाट कैलाली ४ का उम्मेदवार सुभाष कुँवरले शिक्षा स्वास्थ्यको विकासमा जोड दिएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले शिक्षाले मानिसको उच्चतम मूल्य पाउने बताए ।

attariya hospital
navjiwan hospital

उनले यसका लागि टेक्निकल र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रको विकासका लागि गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने बताए ।

उनले थारु समुदायको सिकलशेलको उपचारका लागि विशेष व्यवस्था गर्नुपर्ने बताए । उनले कृषिको राम्रो सम्भावना भएको बताउँदै यसका लागि उत्पादित बस्तुको ब्राण्डिङ गरेर अघि बढ्नुपर्ने बताए ।

भिडियो