खाेज्नुहाेस

घरदैलो अभियानलाई तीव्र बनाउँदै नेकपा कैलाली – ४ का उम्मेदवार हरिराम

Image

अत्तरिया – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार हरिराम चौधरीले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन् । डिजिटल प्लेटफर्ममा खासै नदेखिरहेका उनले प्रत्यक्ष रूपमा मतदातालाई भेटेर चुनावी प्रचार प्रसार गर्ने रणनीतिका साथ घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
फागुन ४ गते देखि चुनावी प्रचार प्रसारमा घरदैलो गरिरहेका उनले गोदावरीको वडा नम्बर १, ६, ७, ८ र ९ मा टोल भेला एवम् घरदैलो कार्यक्रम गरिसकेको नेकपा गोदावरीका नेता धर्म सिंह कुवरले बताए ।

उनले हाल घरदैलो अभियान जारी रहेको बताउँदै छिटै यस क्षेत्रको चुनावी प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।

attariya hospital

कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लडिरहेका हरिराम माओवादी पृष्ठभूमिका हुन । हाल विभिन्न पार्टी मिलेर नेकपा बनेपछि उनी पनि यस क्षेत्रबाट बलियो दाबेदारका रूपमा प्रस्तुत भएका छन् ।

navjiwan hospital

कैलाली क्षेत्र नम्बर ४ मा अघिल्लो निर्वाचनको समानुपातिक मत परिणाम अनुसार पनि हालको नेकपा तेस्रो भएको नागरिक उन्मुक्ति पार्टी, चौथो भएको नेकपा माओवादी केन्द्र र छैटौँ भएको नेकपा एकीकृत समाजवादी मिलेर बनेकाले बलियो बादेदारीका रूपमा हेरिएको छ ।

२०७९ को निर्वाचनमा यी तीन दलले समानुपातिक तर्फ १५ हजार ७५७ मत ल्याएका थिए ।

यस क्षेत्रमा एमालेले समानुपातिक तर्फ १९ हजार १७५ मत ल्याउँदा नेपाली कांग्रेसले १६ हजार ७२७ मत ल्याएको थियो । रास्वपाले समानुपातिकमा ४ हजार ७६१ मत ल्याएको थियो ।

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसका वीर बहादुर बलायर विजयी हुँदा हाल नेकपामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच गठबन्धन भएको थियो । नेकपा एमाले भने एक्लै चुनाव लड्दा लेखराज भट्ट पराजित भएका थिए ।