खाेज्नुहाेस

चुरेमा एमालेका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

Image

खानीडाँडा – कैलालीको चुरे गाउँपालिकामा नेकपा (एमाले) का नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन । सोमबार चुरे गाउँपालिका–५, खानीडाँडामा आयोजित एक कार्यक्रममार्फत एमालेका स्थानीय नेता कांग्रेसमा प्रवेश गरेका हुन् ।

navjiwan hospital

प्रवेश गर्नेहरूमा गोरखबहादुर धामी, सागरबहादुर मगर, बालकृष्ण कँडेल, मान जाग्री, ललित तामाङ, प्रकाशबहादुर बोहरा र पुरन धामी रहेका छन् । उनीहरूलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

attariya hospital

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बिष्टले चुरे क्षेत्रको दिगो विकास, सडक–सिँचाइ विस्तार, खानेपानी व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवा सुधारलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘जनताको चाहना विकास र सुशासन हो । त्यसका लागि कांग्रेसले स्पष्ट योजना र कार्यदिशा अघि सारेको छ,’ उनले भने । नवप्रवेशीहरुले आफूहरूले स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर राजनीतिक निर्णय लिएको बताए ।