कञ्चनपुर – कञ्चनपुरबा चार जना फरार प्रतिवादी पक्राउ परेका छन । बिहिबार जिल्ला अदालत कञ्चनपुरबाट विभिन्न मितिमा कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका चार जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ५० वर्षीय खडक बहादुर पुजारा, लागूऔषध (चरेश) मुद्दामा १ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–६ बस्ने ५८ वर्षीय शिवराज भट्ट र अभद्र व्यवहार मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएका बेदकोट नगरपालिका–९ बस्ने १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै प्रहरीले कुटपिट मुद्दामा १ वर्ष कैद सजाय र १ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–२ बस्ने ४६ वर्षीय शिव दत्त जोशीलाई समेत पक्राउ गरेको छ ।



















