खाेज्नुहाेस

डोटीमा घरभित्रै बन्दुक पड्कीँदा एक युवकको मृत्यु

Image

डोटी – डोटीमा घरभित्रै बन्दुक पड्कीँदा एक युवकको मृत्यु भएको छ । बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किँदा ३० वर्षीय कलम धामीको मृत्यु भएको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार साँझ बन्दुक अचानक पड्किँदा धामीको बाँया कन्चटमा छर्रा लागेको थियो।

attariya hospital

उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको थप अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा एसओसीओ सहित छ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।