
धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन ६ गते धनगढीमा चुनावी सभा गर्ने भएको छ । धनगढीमा हुने पार्टीको चुनावी सभामा सम्बोधन गर्न पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाह धनगढी आउने तय भएको रास्वपा सुदूरपश्चिम सभापति प्रकाश विष्टले जानकारी दिए ।
उनीहरूले ६ गते धनगढीमा हुने चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा हुने चुनावी सभामा भाग लिने जनाइएको छ ।

















