
कञ्चनपुर– कञ्चनपुरमा एक युवक मृत फेला परेका छन । जिल्लाको बेदकोट नगरपालिका–६ सिसैया क्षेत्रमा मंगलबार सोही नगरपालिका– १० हरपलका ३५ वर्षिय विनोद चौधरी मृत फेला परेका हुन ।
स्थानीयवासीको सूचनापछि प्रहरी चौकी सुडाबाट खटिएको टोलीले उनलाई उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेका हुन् । घटनाको कारणबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




















