खाेज्नुहाेस

माघ मसान्तसम्म इजाजत प्राप्त हतियार बुझाउन बैतडी प्रशासनको आग्रह

Image

बैतडी– निर्वाचनका समयमा इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले पुनः आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

navjiwan hospital

कार्यालयबाट सूचना जारी गर्दै आफूसँग भएका हातहतियार यशाशीघ्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि माघ २० गतेसम्म हातहतियार बुझाउनका लागि प्रशासनले सूचना जारी गरेको थियो ।

attariya hospital

तर उक्त मितिमा सबैले हातहतियार नबुझाएको पाइएकाले माघ मसान्तसम्म हातहतियार बुझाउने म्याद थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद भट्टराईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार बैतडीमा १ हजार ८६ थान इजाजत प्राप्त हातहतियार रहेका छन् । अहिलेसम्म ३८७ थान इजाजत प्राप्त भरुवा बन्दुक प्रहरीसँग पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । आफूसँग भएका हातहतियार नजिकको प्रहरी युनिटमा बुझाउन आग्रह गरिएको उनले बताए ।