कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्ला बस्तीमा बाघको त्रास बढेको छ । चुरेको फेदीमा अवस्थीत सो बस्तीमा केही दिनदेखी बाघले आतंक मच्चाएको हो ।

ऐश्वर्या सामुदायिक वनको पश्चिमतर्फको भागमा रहेको अम्रिसो बगान क्षेत्रमा डमरुसहितको बाघले पछिल्लो केही दिनदेखी आतंक मच्चाउन थालेको स्थानियले बताएका छन । बाघले विगत पाँच दिनदेखि साँझ नपर्दै स्थानीय किसानका गोठबाट बाख्रा र घर आँगनबाटै कुकुर तानेर खान थालेको सो सामुदायिक बनका अध्यक्ष ईश्वर बुढाले बताए ।

बाघले हालसम्म स्थानीय किसान सफल बुढाको बाख्रा कमल बागको खसी, धर्मसिंह महरा र प्रेमबहादुर रावतको कुकुर घर आँगनबाटै लगेर मारेर खाएको उनले बताए । उनले बाघकै डरका कारण सामुदायिक बन प्रवेशमा सबैलाई रोक लगाएको बताए । बाघले बस्तीमा पसेर आतङ्क मच्चाउन थालेपछि नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराएको समेत उनको भनाई छ ।
















