खाेज्नुहाेस

कञ्चनपुरबाट लागूऔषध सहित एक जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया– कञ्चनपुरबाट लागु औषध सहित एक जना पक्राउ परेका छन । जिल्लाको बेलडाँडी गाउँपालिका– १ बेलडाँडीबाट ६०० मिलिग्राम लागुऔषध सहित सोही वडाको रौलेश्वर टोल बस्ने २० वर्षिय चन्द्र खड्का पक्राउ परेका हुन ।

बेलडाँडी प्रतिक्षालयमा संकास्पद रुपमा बसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा लागुऔषध बरामद गरेको प्रहरीले बताएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

attariya hospital