अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र मर्यादित बनाउने निर्णय गरिएको छ । बुधवार सहायक जिल्ला अधिकारी किरण जोशीको प्रमुख आतिथ्यतामा निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएकाले निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता समेत गरिएको थियो । बैठकमा उम्मेदवारहरूले निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण बनाउने प्रतिबद्धता गरेका थिए ।

बैठकमा यसअघि निर्वाचन अधिकृतको कार्यालय गोदावरी – १ बाट गोदावरी – ५ गेटीमा सारिएको पनि जानकारी दिइएको थियो ।
निर्वाचन अधिकृत हरि प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकमा जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका प्रतिनिधि, प्रतिनिधि सभा पदका उम्मेदवार लगायतको सहभागिता रहेको थियो ।


















