
अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । मंगलबार धनगढी उपमहानगरपालिका – १ शान्तिनगरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको ५१ हजार ४४० रुपैयाँ बराबरको औषधि लगायतका सामानहरु बरामद गरिएको छ ।
यस्तै बेलौरी नगरपालिका – १० सडकघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलली ल्याएका २४ हजार ८ सय बराबरको भाँडावर्तन, कुलर लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सबै समान बेवारिसे अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।



















