कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले कैद सजार र जरिवाना तोकेका ३ जना पक्राउ परेका हुन ।


पक्राउ पर्नेमा लेनदेन सम्बन्धी मुद्दामा ३ महिना कैद सजाय तोकिएका भीमदत्त नगरपालिका – १० का ३८ वर्षीय दिनेश राम ओड, जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना १० दिन कैद सजाय तोकिएका दोधारा चाँदनी नगरपालिका – २ पशुपति टोलका २१ वर्षीय हिमांशु भट्ट र लागू औषध खैरो हिरोइन मुद्दामा ५ वर्ष कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका – ६ पटियारीका २८ वर्षीय विवेक राना रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



















