खाेज्नुहाेस

बेलौरीमा प्रहरीले बढायो सक्रियता, दुई दिनमै ५ जना पक्राउ

Image

बेलडाँडी – बेलडाँडी प्रहरीले लागु औषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । भारतसँग खुल्ला सीमा जोडिएको क्षेत्रमा पछिल्लो समय लागु औषधको ओसारपसार बढिरहेको बेला प्रहरीले नियन्त्रण गर्न अभियान नै चलाएको हो ।

अभियान अन्तर्गत इलाका प्रहरी कार्यालयले दुई दिनमै ५ जनालाई लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

attariya hospital

इलाका प्रहरी कार्यालय बेलडाँडी बाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले हिजो सोमबार बेलडाडी गाउँ पालिका ३ वैवाह र बेलौरी नगरपालिका १० दर्शिखल्लाबाट ४ जनालाई नियन्त्रण लिएको छ भने आज मात्रै सोही ठाउँ बाट थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

navjiwan hospital

आज मङ्गलवार दर्शीखल्लाबाट ८५० मिलिग्राम ब्राउन सुगरसहित बेलौरी-९ बस्ने वर्ष २३ को उमेश कुमार भट्ट पक्राउ परेको बेलडाडी प्रहरीले जनाएको छ ।

त्यस्तै सोमबार बैवाहा स्थित राधाकृष्ण मन्दिर नजिकबाट शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका २५ वर्षीय भुवन सिंह र २९ वर्षीय रिमलाल डगौरालाई ८ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित बेलडाडी प्रहरीले पक्राउ गरेको थियो ।

सोमबार नै बेलडाडी प्रहरीले धनगढी उपमहानगरपालिका ११ बस्ने २६ वर्षीय दीपेन्द्र चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय रमेश मल्ल लाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।

सीमावर्ती पछिल्लो समय लागू औषध को ओसारपसार बढिरहेको बेला प्रहरीले नियन्त्रण गर्न थालेको छ । भारतीय गाउँ पलिया खजुरीया टिल्ला नम्बर ४ ,कम्बोजनगर र टाटरगन्जमा लागु औषधको खुलेआम बिक्री हुने गरेको छ ।

नेपालबाट घरायसी समान खरिद गर्ने बाहाना ती ठाउँहरूमा पुगी प्रयोग कर्ता र व्यापारीहरूले लागु औषध सेवन गरी बिक्रीका लागि पनि ल्याउने गरेको प्रहरी स्रोतले जनाएको छ ।