खाेज्नुहाेस

मनुको घोषणापत्र सार्वजनिक, ककस बनाएर सुदूरपश्चिमका मुद्दा उठाउने प्रतिबद्धता

Image
धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेस उम्मेदवार नरनारायण शाह (मनु) ले घोषणापत्र सार्वजनिक गरेका छन् । कैलालीको धनगढीमा  कार्यक्रमको आयोजना गर्दै शाहले ५ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका हुन् ।
attariya hospital
घोषणा पत्रमा उनले आफ्नो क्षेत्र सहित समग्र सुदूरपश्चिमका मुद्दा उठाउने प्रतिबद्धता जनाएका छन् ।
उनको घोषणा पत्रमा सुदूरपश्चिममा लामो समय देखि चर्चामा रहेका परियोजना पनि समेटिएका छन् । उनले प्रदेशको रूपान्तरणका परियोजना कार्यान्वयनका लागि ककस बनाएर जोडदार आवाज उठाउने प्रतिबद्धता समेत जनाएका छन् ।
navjiwan hospital
उनले प्रदेशको रूपान्तरणका संवाहक परियोजना सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, फाप्ला क्रिकेट रङ्गशाला, चिसापानी गड्डाचौकी छ लेन सडक, त्रिनगर भन्सार स्तरउन्नती, पश्चिम सेती, पञ्चेश्वर, सुख्खा बन्दरगाहा, दैजीछेला औद्योगिक क्षेत्र, हरैया सेज, डेडेझारी औद्योगिक क्षेत्र, महाकाली कोरिडोर, सेती लोक मार्ग, सेती प्रादेशिक अस्पताल स्तरोन्नति लगायतका  राष्ट्रिय महत्वका आयोजनाहरूको कार्यान्वयनको लागि प्रतिनिधि सभामा यस प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको ककस बनाएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।
उनको घोषणा पत्रमा सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रतिनिधिसभा र सांसदका विभिन्न समितिमा आवश्यक नीतिगत, कानुनी तथा संरचनागत सुधार गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पूर्णपाठ