अत्तरिया – फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका छत्र बहादुर भट्टले आफ्नो सचिवालय स्थापना गरेका छन् । उनले अत्तरियाको बसपार्क अगाडि सचिवालय स्थापना गरेका गरेका हुन ।

सचिवालयको मंगलबार धार्मिक विधि अनुसार उद्घाटन गरिएको थियो । सचिवालयको उद्घाटन पछि बोल्दै उम्मेदवार भट्टले आफ्नो उम्मेदवारी भ्रष्टाचार अन्त्य, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र रोजगारी सुधार र धर्म र संस्कृतिको जगेर्नाका लागि भएको बताए ।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । अन्य १५ जनाले विभिन्न पार्टीबाट उम्मेदवारी दिँदा भट्ट स्वतन्त्र उम्मेदवारी दिने एक्ला उम्मेदवार हुन ।
१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

















