कञ्चनपुर – कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप ३ हजार भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैङ्गिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई ३ हजारका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।

गाउँपालिका उपाध्यक्ष शान्ती नाथले पछिल्लो समय लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताए ।

उनले आर्थिक वर्ष २०७९/८० बाट ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएकोे बताइन । उनले सो कार्यक्रम अन्तरगत हालसम्म ३५३ आमाले छोरी जन्माएवापत प्रोत्साहन भत्ता पाएको बताइन ।
















