अत्तरिया – निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालय सरेको छ । गोदावरी नगरपालिका – १ कृषि तथा पशुपन्छी उपचार सेवा केन्द्रको भवन सोमबार अत्तरियामा रहेको कार्यालय गोदावरी नगरपालिका – ५ गेटीमा सरेको हो ।

निर्वाचन अधिकृत हरि प्रसाद आचार्यद्वारा जारी सूचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उत्तर–पूर्व तर्फ सिद्ध बाबा माध्यमिक विद्यालय खेलमैदान सँगै जोडिएको खाली भवनमा कार्यालय सरेको उल्लेख छ ।

अत्तरियामा रहेको कार्यालयमा मतपत्रको व्यवस्थापन, जनशक्ति व्यवस्थापन तथा मतगणना समेतको कार्य सञ्चालनका लागि अपर्याप्त भएकाले कार्यालय सरेको जनाइएको छ ।
अत्तरियामा माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो ।


















