खाेज्नुहाेस

५ महिनापछि जलेको घर हेर्न पुगे पुर्वगृहमन्त्री लेखक

Image

कञ्चनपुर – पुर्वगृहमन्त्री रमेश लेखक ५ महिना पछि जेनजी आन्दोलनका क्रममा जलेको घर हेर्न कञ्चनपुरको बेदकोट नगरपालिका– ८ पुगेका छन । सोमबार उनी बेदकोट रहेको पुर्खौली घरमा पुगेका हुन ।

navjiwan hospital

गत २४ भदौमा कांग्रेस नेता लेखकको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए । २१ फागुनमा हुने प्रतिनिधीसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका पुर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका छन ।

attariya hospital

लेखकको पुर्खाैली तथा काठमान्डौं नैकापमा रहेको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । यसैगरी उनको परिवार महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मतसम्भार गरि बसिरहेको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् ।

पार्टीले यहाँ पुर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तिव्रता दिएका छन् ।