खाेज्नुहाेस

सुदूरपश्चिमका ३ जिल्लामा आँखा शिविर, २१ सय बढीले लिए सेवा

Image

अत्तरिया – गेटा आँखा अस्पतालले सुदूरपश्चिमका ३ जिल्लामा आँखा शिविर सञ्चालन गरेको छ । अस्पतालले माघ ४ गते देखि १६ गते सम्म डडेल्धुरा, बैतडी र दार्चुलामा शिविर सञ्चालन गरेको हो । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरूको आयोजना तथा सेभा नेपाल र रुईत फाउण्डेशनको सहयोगमा सञ्चालित शिविरमा २ हजार १ सय ३२ जनाले सेवा लिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।

navjiwan hospital

उनले डडेल्धुराको जोगबुढा, बैतडीको मेलौली र श्रीकोट दार्चुलाको खलंगामा सञ्चालन गरिएको शिविरमा सेवा लिएका मध्ये ३२०जना मोती विन्दुका बिरामीहरूको शल्यक्रिया गरी गुमाएको दृष्टि पुनः प्रदान गरियो बताए । शिविरमा अन्य बिरामीहरूलाई पनि निःशुल्क औषधि उपचार गरिएको उनले बताए । शिविरमा ५६५ जनालाई निःशुल्क चस्मा र ५०८ जनालाई विशेष छूटमा गरी जम्मा १ हजार ७३ जनालाई चस्मा उपलब्ध गराइएको थियो ।

attariya hospital

शिविर मा आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकेका बिरामीहरू लाभान्वित भएका छन् । आँखा शिविरमा गेटा आँखा अस्पतालका चीफ मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेश राज पन्त र वरिष्ठ नेत्र विशेषज्ञ डा स्मध अधिकारीको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।