खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित ३ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार भीमद्त्त नगरपालिका १० तिल्केनिका ३२ वर्षीय खगेन्द्र साउँदको घरको कोठामा खानतलासी गर्दा ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

navjiwan hospital

उनको घरबाट १ थान डिजिटल तराजु र उनी संगै बसेको भीमदत्त – ७ हल्दुखालका २८ वर्षीय उज्जल बोहरालाई समेत पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

यस्तै भीमद्त्त नगरपालिका – ११ होल्डिङ सेन्टर (७ नम्बर पिल्लर) बाट भीमदत्त – ३ भासीका ४६ वर्षीय जिवन शर्मा पक्राउ परेका छन । उनको साथबाट १ ग्राम ९३ मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।