खाेज्नुहाेस

कञ्चनपुरमा नसर्ने रोग पत्ता लगाउन स्क्यानिङ गरिदैं

Image

कञ्चनपुर – मानिसमा नसर्ने रोग पत्ता लगाउनका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले स्क्यानिङ कार्यक्रम गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य कार्यालयले कञ्चनपुरमा स्क्यानिङ कार्यक्रम गरेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका नसर्ने रोग सम्बन्धीका स्रोत व्यक्ति सिद्धराज भट्टले विभिन्न स्थानमा क्याम्प चलाएर रोग पहिचान गर्न लागेको बताए ।

navjiwan hospital

उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मृगौला जस्ता रोगको पहिचानका लागि स्वास्थ्य परीक्षण गर्न लागेको बताए । किट प्रयोग गरेर रगतका माध्यमबाट मधुमेह, रक्तचाप सहितका बिरामीको पहिचान गरिन लागेको बताए । सामान्य प्रकृतिका स्वास्थ्य समस्या देखिएका मानिसलाई परामर्श र मध्यम, जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि सुझाव, सल्लाह दिन लागेको उनले बताए ।

attariya hospital

जिल्लाभरी एक महिने अभियान संचालन गरेर रोग पहिचान र सोही अनुरुप कार्यक्तम संचालनका लागि योजना बनाउन सरकारलाई टेवा पुग्ने बताए । एकै दिन महेन्द्रनगरमा आयोजना गरेको एकीकृत निःशुल्क स्वास्थ्य क्याम्पमा ८१ मानिसको स्वास्थ्य परीक्षण गरिएको बताए । सबैभन्दा बढी उच्च रक्तचाप (ब्लडप्रेसर) का बिरामी फेला परेका छन् ।

मधुमेह, मोटोपन र २५ जनाको प्रेषण पहिचान भएको छ । कुल परीक्षणमा ३० प्रतिशत बिरामी उच्च रक्तचापमा भेटिएका छन् । यसर्थ पछिल्ला दिनहरुमा उच्चरक्तचापका बिरामी समेत बढिरहेको तथ्यले देखाएको छ ।