
कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । शुक्रबार भीमदत्त नगरपालिका – १० जिमुवा, दोधारा चाँदनी नगरपालिका – १० कुटियाकभर र बेलौरी नगरपालिका – २ बैजुडाडाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।
प्रहरीका अनुसार अन्दाजी ३ लाख ४३ हजार १ सय मुल्य बराबरको आलु, पेय पदार्थ, बिभिन्न किसिमका कपडा, चप्पल, मसाज गन, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारेको थियो ।



















