अत्तरिया – आसन्न फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले योजना तथा रणनीति सल्लाहकार समिति निर्माण गरेको छ । माघ ९ गते बसेको निर्वाचन समितिको बैठकले रास्वपाका नेता गोकर्ण भट्टलाई समितिको सल्लाहकार प्रमुख बनाएको हो ।

३ महिना अघि रास्वपामा प्रवेश गरेका भट्टले अब कैलाली क्षेत्र नम्बर ४ मा चुनाव जित्नका लागि योजना तथा रणनीति बनाउन सल्लाह दिने छन् ।

उनी यसअघि नेकपा एमालेका प्रदेश सचिवालय सदस्य थिए । हाल एमालेबाट चुनाव लडिरहेका लेखराज भट्टका भाइ समेत रहेका उनी दाइको विपक्षी खेमामा उभिएर कसरी चुनावी जित्न रणनीति बनाउँछन् भन्ने विषयमा भने हेर्न बाँकी छ ।
कैलाली क्षेत्र नम्बर ४ बाट रास्वपाले खेम राज कोइरालाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।

















