खाेज्नुहाेस

कैलाली ४ का उम्मेदवार कोइरालाले बालेनलाई भने ‘ढुक्क हुनुस् एक सिट गुम्न दिन्न’

Image
अत्तरिया – सुदूरपश्चिमका प्रतिनिधि सभा निर्वाचन क्षेत्रको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह मंगलबार कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार खेम राज कोइराला सँग छोटो भेटवार्ता गरेका थिए ।
attariya hospital
करिब ५ मिनेट भएको भेटवार्तामा बालेनले कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाको अवस्था र एजेन्डाहरूका बारेमा चासो राखेका थिए ।
navjiwan hospital
‘वहाँले यहाँको वस्तुस्थितिका बारेमा सोध्नुभएको थियो । यहाँका मुख्य मुख्य समस्याहरू के छन् । त्यो समस्यालाई समाधान गर्नका लागि के के गर्न सकिन्छ । कस्तो खालको पहल गर्नुपर्छ । त्यो कुराको तपाइले तयारी गर्नुहोला भन्नुभयो’ रास्वपाका उम्मेदवार कोइरालाले भने ‘अहिले आचारसहितको कुरा छ हामी फेरी आउँछौ, भेटघाट गर्न । एजेन्डाहरू जुन अति जरुरी कुरा छन् जनजीविका सँग जोडिएका कुराहरू त्यो मुद्दाहरूलाई उठाउनु होला भन्नुभयो ।’
उनले बालेनले सुदूरपश्चिम पछाडि परेकाले फरक खालका योजना ल्याउन भनेको बताए । ‘सुदूरपश्चिम पछाडि छ मलाई थाहा छ । हाम्रो सरकार हुँदै गर्दा सुदूरपश्चिमका लागि फरक खालको योजना बनाएर ल्याउनु भयो भने त्यो योजनालाई हामी मजाले स्विकारेर अगाडि बढ्छौ भन्नुभयो’ कोइरालाले भने ‘अहिले निर्वाचनमा फोकस गर्नुहोस्, सँगसँगै जनताका पीडाहरू उठाउनु भन्नुभयो ।’
उनले आफूले भेटमा कैलाली ४ मा मजाले जितिने रिपोर्टिङ गरेको बताए । ‘बहाले के छ अवस्था भनेर सोध्नु भएको थियो’ उनले भने ‘मैले मजाले जितिन्छ ढुक्क रहनुहोस् एक सिट गुम्न दिन्न म भने ।’