खाेज्नुहाेस

सुदूरपश्चिममा मन्त्री, मुख्यमन्त्री भइसकेका ११ जना चुनावी मैदानमा

Image

महेन्द्रनगर – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ११ जना पूर्व मन्त्री चुनावी मैदानमा छन् । प्रदेशमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले पूर्व मन्त्री भइसकेकालाई मैदानमा उतारेका हुन ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय मन्त्री भइसकेका अछाम – १ बाट भीम रावल, कैलाली – ५ बाट प्रेम आले, कञ्चनपुर – १ बाट बिना मगर चुनावी मैदानमा उतारेको छ ।
यस्तै नेकपाले प्रदेशका मुख्यमन्त्री भइसकेका त्रिलोचन भट्टलाई डोटीबाट प्रदेशकै पूर्व मन्त्री प्रकाशबहादुर शाहलाई बाजुराबाट, प्रदेशको राज्यमन्त्री भइसकेका मानबहादुर सुनारलाई कञ्चनपुर – ३ बाट उम्मेदवार बनाएको छ ।

attariya hospital
navjiwan hospital

नेकपा (एमाले) संघीय मन्त्री भइसकेका गणेशसिंह ठगुन्नालाई दार्चुला, दामोदर भण्डारीलाई बैतडी, लेखराज भट्टलाई कैलाली – ४, गौरीशंकर चौधरीलाई कैलाली – ३ बाट उम्मेदवार बनाएको छ ।

 यसैबिच कांग्रेसले संघीय मन्त्री भएका नारायण प्रकाश साउँदलाई कञ्चनपुर – २ बाट उम्मेदवार बनाएको छ ।

कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

– उम्मेदवारको नाम फरक परेकाले सम्पादन गरिएको