खाेज्नुहाेस

डोटीमा चट्याङ लागेर २ बालक घाइते

Image
फाईल फोटो

डोटी – डोटीमा चट्याङ लागेर २ बालक घाइते भएका छन । बडिकेदार गाउँपालिका–२ सडेखानमास्थित एक घरमा चट्याङ पर्दा दुई बालक घाइते भएका हुन ।

navjiwan hospital

स्थानीय घन्सराम लामिछानेको तीन कोठे एकतले कच्ची घरमा चट्याङ पर्दा उनी सहित ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेरबहादुर लामिछाने मगरका १३ वर्षीय छोरा गोकुल लामिछाने मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

attariya hospital

घाइते दुवै बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चट्याङले घरमा जडान गरिएको विद्युतीय मिटर बक्स जलेको तथा घरका भित्ताहरू चर्किएको प्रहरीले जनाएको छ ।