खाेज्नुहाेस

राष्ट्रिय सभाका लागि सुदूरपश्चिममा मतदान जारी

Image

धनगढी – राष्ट्रिय सभा उम्मेदवार चयनका लागि सुदूरपश्चिममा पनि मतदान भइरहेको छ । निर्वाचनका लागि सुदूरपश्चिमको धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरिरहेका हुन ।

navjiwan hospital

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा ५३ प्रदेश सभा सदस्य, ८८ वटा स्थानीय तह का १७६ जना प्रमुख – उप प्रमुख मतदान गर्न पाउने छन् । बिहान ९ बजे देखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ ।

attariya hospital

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा २ पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट बाजुराका खम्मबहादुर खातीले उम्मेदवारी दर्ता गरेका छन् । यसै गरी नेकपा एमालेका तर्फबाट कैलालीकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन् ।

यसै गरी नेपाली कम्युनिस्ट पार्टीले रोजी बस्नेत सुनार र टिकाराम जैसीलाई उम्मेदवार बनाएको छ । सुदूरपश्चिमबाट निर्वाचित शारदा भट्ट र तारामान स्वारको समयावधि सकिएपछि निर्वाचन हुन लागेको हो ।