खाेज्नुहाेस

कैलाली – ४ मा ३७ प्रतिशत युवा उम्मेदवार

Image

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट ३७ प्रतिशत युवाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार अत्तरिया स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ६ जना युवा उमेर समूहकाले उम्मेदवारी गर्दा गरेका हुन । यस क्षेत्रबाट कुल १६ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।  जसमा सबैभन्दा कान्छा उम्मेदवारका रूपमा राप्रपाबाट कमल रजवारले उम्मेदवारी दर्ता गरेका छन् । उनी ३१ वर्षका मात्रै छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीबाट पनि ३६ वर्षीय अमृता भुलले उम्मेदवारी दर्ता गरेकी छिन । उनी यस क्षेत्रबाट एक्ली महिला उम्मेदवार पनि हुन ।
नेशनल रिपब्लिक नेपालबाट पनि ३८ वर्षीय गोपीलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

holi ko janahit ma jari sandesh dhangadhi
attariya hospital

नागरिक उन्मुक्ति पार्टी नेपालबाट ४० वर्षीय धन बहादुर सुनारले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उज्यालो नेपाल पार्टीबाट ३४ वर्षीय सुभाष कुँवरले उम्मेदवारी दर्ता गर्दा राष्ट्रिय जनमोर्चाबाट ३४ वर्षीय हेमराज भट्टले उम्मेदवारी दिएका छन् ।

navjiwan hospital

४० माथिका १० जना

यस क्षेत्रबाट नेकपा एमालेबाट ६६ वर्षीय लेखराज भट्टले उम्मेदवारी दिएका छन् । भट्ट यस क्षेत्रबाट ६० वर्ष माथिका एक्ला उम्मेदवार पनि हुन ।

नेपाली कांग्रेसबाट ५३ वर्षीय गोरख बहादुर विष्ट (आनन्द) ले उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीबाट ४७ वर्षीय हरि राम चौधरीले उम्मेदवारी दिँदा रास्वपाबाट ४८ वर्षीय खेमराज कोइरालाले उम्मेदवारी दिएका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ४२ वर्षीय भक्त बहादुर शाही, श्रम संस्कृति पार्टीबाट ५० वर्षीय भीम बहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट ४४ वर्षीय मोहन देव मिश्र, नेपाल मानवतावादी पार्टीबाट ४६ वर्षीय यज्ञ बहादुर टमोटा र मितेरी पार्टी नेपालबाट ४४ वर्षीय दिनेश कुमार मल्लले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट ५३ वर्षीय छत्र बहादुर भट्ट खत्रीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।