बेलौरी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा १९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ जना स्वतन्त्र उम्मेदवार सहित १५ राजनीतिक दलबाट उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।
२०७९ सालको चुनावमा नेकपा एमालेबाट निर्वाचित तारा लामा तामाङले दोस्रो पटक, नेपाली कांग्रेसबाट गोपी प्रसाद उपाध्याय, नेपाली कम्युनिस्ट पार्टीबाट बिना मगरले यसै निर्वाचन क्षेत्रबाट चौथो पटक मनोनयन दर्ता गराएकी छन् । मगर यस अघि माओवादी केन्द्रबाट एक पटक निर्वाचित भइसकेकी छन् ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्ली बहादुर शाही, नेकपा माओवादीबाट पुरन राना थारु, नागरिक उन्मुक्ति पार्टीबाट कृष्ण बहादुर चौधरीले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसै गरी नेपाल मजदुर किसान पार्टी बाट कटक बहादुर शाही, संयुक्त नागरिक पार्टीबाट दानिलाल विक, प्रगतिशील लोक तान्त्रिक पार्टीबाट देपेन्द्र बहादुर शाही, उज्यालो नेपाल पार्टीबाट माईकल तामाङले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै आम जनता पार्टीबाट सिता विक मितेरी पार्टी नेपालबाट सिया राम राना, मंगोलियन नेशनल अर्गनाइजेसनबाट हुम बहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । त्यस्तै यादव सिंह अनिल राना, रुपा देवी विष्ट र मञ्जु देवी सुनारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।



















