खाेज्नुहाेस

कैलाली क्षेत्र नं. ४ मा रास्वपाका उम्मेदवारमा रेग्मी आउट कोईराला ईन

Image

अत्तरिया– कैलाली क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा खेमराज कोईराला आएका छन । यसअघि हरि रेग्मीले उम्मेदवारी दर्ता गराएकोमा अन्त्यमा कोईरालाले आधिकारीक रुपमा रास्वपाको उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका हुन ।

navjiwan hospital

निर्वाचन अधिकृतको कार्यालयमा रेग्मीले मंगलबार दिउँसो नै रास्वपाको आधिकारीक उम्मेदवार भन्दै उम्मेदवारी दर्ता गराएका थिए । तर साझँ कोईरालाको नाममा टिकट आएपछि रेग्मीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको कैलाली क्षेत्र नं. ४ का निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले जानकारी दिए । उनले रास्वपा बाट दुई जनाको उम्मेदवारी परेपछि आधिकारीक उम्मेदवार छनौटका लागि आफूहरुले निर्वाचन आयोगमा कागजातहरु पठाएको बताए ।

holi ko janahit ma jari sandesh dhangadhi
attariya hospital

‘रास्वपाबाट दुई जनाको उम्मेदवारी परेपछि हामीहरुले कागजातहरु स्क्यान गरेर निर्वाचन आयोगमा पठाएका थियौँ’ उनले भने ‘आयोगले कोईरालालाई आधिकारीक उम्मेदवारका रुपमा तोकेर पठाएको छ ।’ उनले आयोगले कोईरालालाई आधिकारीकता दिएसँगै रेग्मीको उम्मेदवारी खारेज भएको बताए ।

रेग्मीको उम्मेदवारी खारेज भएसँगै कैलाली क्षेत्र नं. ४ मा १६ जनाको उम्मेदवारी परेको छ । यसअघि रेग्मी सहित १७ जनाको उम्मेदवारी परेकोमा आयोगले रेग्मीको उम्मेदवारी खारेज गरेपछि अब क्षेत्र नं. ४ मा १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत आचार्यले बताए । उनले १५ जनाले दलबाट र एक जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए ।