डडेल्धुरा – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अन्ततः डडेल्धुराबाट निर्वाचन नलड्ने बताएका छन् । २०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेताले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट नैनसिंह महर लड्ने भएका छन् ।

महरसहित भानु देउवा, भीम बहादुर साउद, गोविन्द बोहरा लगायतको पनि डडेल्धुराबाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो । तर, महरलाई टिकट दिन पार्टी सकारात्मक भएको बताईएको छ ।

महरले पनि आफूलाई टिकटको जानकारी दिइएको र लिन बोलाइएको बताए ।
















