खाेज्नुहाेस

धनगढीमा सिप तथा रोजगार मेला सुरु, मन्त्री भण्डारीले गरे उद्घाटन

Image

धनगढी – कैलालीको धनगढीमा सिप तथा रोजगार मेला सुरु भएको छ । मेलाको सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी उद्घाटन गरेका छन ।

सीप मेलामा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी सहभागी भएका छन् । मेला ४० दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

attariya hospital
navjiwan hospital

मेलामा ६ वटा मुख्य विधाअन्तर्गत २२ वटा उपविधामा तालिम प्रदान गरिनेछ । अटोमोबाइल्स, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि तथा शैक्षिक–सेवा, आर्ट क्राफ्ट र डिजाइनिङ विधामा तालिम सञ्चालन गरिएको छ ।

सोमवारबाट सुरू भएको मेलाको उद्घान सत्रमा सुदूरपश्चिमका विभिन्न ५५ स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष र उपाध्यक्ष सहभागी भएका थिए ।